२९ औँ अधिवक्ता तहकोलागि निर्धारित नजिरहरु निर्णय न. १०२४६
निर्णय नं. १०२४६ - कर्तव्य ज्यान भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७५/०३/०६ सर्वोच्च अदालत , संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७५।३।६ ०७२- CR- ०२०५ मुद्दा:- कर्तव्य ज्यान पुनरावेदक / वादी : जिल्ला झापा दमक न.पा. वडा नं. १३ बस्ने धर्मप्रसाद घिमिरेको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला मोरङ डागीहाट गा.वि.स. वडा नं. ४ भाउने चौक बस्ने विष्णु याख्खा (राई) भन्ने विष्णुकुमार याख्खा राईसमेत टुक्रिएका र खण्डित भएका घटना र वारदातका तथ्य र प्रमाणहरूलाई अनुमानको आधारमा फौजदारी कानून एवं न्यायको प्रमाण मूल्याङ्कनका सिद्धान्त र अवधारणाबाट पर गएर अदालतले जबरजस्ती रूपमा प्रमाणहरू जोडेर कसैलाई पनि सजाय गर्न नसक्ने । घटना र वारदातसँग प्रत्यक्ष रूपमा प्रभावित व्यक्ति एवं पीडित स्वयम् वा निजका परिवारले कसुरदारलाई नै उन्मुक्ति दिएर अदालतमा आफ्नो कथन / अभिव...