Posts

Showing posts from June, 2021

२९ ‌‍‍‍‍‌‌‌औँ अधिवक्ता तहकोलागि निर्धारित नजिरहरु नि‍र्णय न. १०२४६

  निर्णय नं. १०२४६ - कर्तव्य ज्यान भाग:   ६१   साल:   २०७६   महिना:   श्रावण   अंक:   ४   फैसला मिति :२०७५/०३/०६      सर्वोच्च अदालत , संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७५।३।६ ०७२- CR- ०२०५   मुद्दा:- कर्तव्य ज्यान   पुनरावेदक / वादी : जिल्ला झापा दमक न.पा. वडा नं. १३ बस्ने धर्मप्रसाद घिमिरेको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला मोरङ डागीहाट गा.वि.स. वडा नं. ४ भाउने चौक बस्ने विष्‍णु याख्खा (राई) भन्‍ने विष्‍णुकुमार याख्खा राईसमेत   टुक्रिएका र खण्डित भएका घटना र वारदातका तथ्य र प्रमाणहरूलाई अनुमानको आधारमा फौजदारी कानून एवं न्यायको प्रमाण मूल्याङ्कनका सिद्धान्त र अवधारणाबाट पर गएर अदालतले जबरजस्ती रूपमा प्रमाणहरू जोडेर कसैलाई पनि सजाय गर्न नसक्ने ।   घटना र वारदातसँग प्रत्यक्ष रूपमा प्रभावित व्यक्ति एवं पीडित स्वयम् वा निजका परिवारले कसुरदारलाई नै उन्मुक्ति दिएर अदालतमा आफ्नो कथन / अभिव्यक्त गरिदिएको र अन्य भौतिक एवं स्वतन्त्र प्रमाण र परीक्षण प्रतिवेदनहरूले घटना

२९ ‌‍‍‍‍‌‌‌औँ अधिवक्ता तहकोलागि निर्धारित नजिरहरु नि‍र्णय न. १०१९८

निर्णय नं. १०१९८ - हाडनातामा जबरजस्ती करणी भाग:   ६१   साल:   २०७६   महिना:   जेष्ठ   अंक:   २   फैसला मिति :२०७५/०२/०९      प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडित र परिवारको सदस्यको नाममा ................. राखिएको छ ।                                                - सम्पादक सर्वोच्च अदालत , संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७५।२।९ ०७१- CR- १६०९   मुद्दाः- हाडनातामा जबरजस्ती करणी   पुनरावेदक / प्रतिवादी : जिल्ला तेह्रथुम , गा.वि.स. म्याङ्लुङ वडा नं. ९ घर भई हाल जिल्ला कारागार कार्यालय , तेह्रथुममा थुनामा रहेको भीमबहादुर नेपाली विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम जमुनाकुमारीको जाहेरीले नेपाल सरकार   न्यायिक वा अर्धन्यायिक अधिकारीले स्वविवेकाधिकारको प्रयोग गर्दा न्यायिक मनको प्रयोगका साथ गर्नुपर्छ । न्यायिक मन न्यायकर्तामा हुनुपर्ने न्यायिक दक्षता मात्र हैन , नैतिक चेतना पनि हो । यसले न्यायिक स्वविवेकलाई उचित र न्यायपूर्ण बनाउन निर्देशित गर्दछ । यसले उचित अनुचित , ठीक बेठीक